किड्नी एजुकेसन फाउन्डेसन भारतीय मृगौला रोग विशेषज्ञ डा सञ्जय पाण्ड्यद्वारा स्थापित स्वास्थ्य संस्था हो। मृगौलाको हेरविचारबारे मानिसहरूलाई शिक्षित गर्ने यसको उद्देश्य हो। यो हाल विभिन्न भाषामा मृगौला रोगको रोकथामबारे पुस्तक र वेबसाइट तयार पारेर सूचना प्रचारप्रसार गर्ने कार्यमा संलग्न छ।
यी शैक्षिक वेबसाइटहरू समाजमा मृगौला रोगबारे सचेतना अभिवृद्धि गरी मृगौलाका बिरामी र तिनका परिवारलाई शिक्षित गर्न निर्माण गरिएका हुन्। यी वेबसाइटहरूले विभिन्न भाषाका मृगौला सम्बन्धी मार्गदर्शनहरुलाई पूर्ण रुपमा निशुल्क डाउनलोड गर्ने सुविधा प्रदान गर्छन्। एउटै वेबसाइटमा प्रमुख मृगौला रोगहरूबारे सजिलै प्रयोग गर्न सकिने स्पष्ट जानकारी भएकाले पाठकहरुका लागि यो निकै उपयोगी छ।
किड्नी एजुकेसन फाउन्डेसनको टोलीमा मृगौला रोग विशेषज्ञका साथै मृगौलाका बिरामीहरुलाई मद्त गर्न तथा सेवा गर्न चाहने मानिसहरू संलग्न छन्।